विराटनगर, आषाढ २८ – आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्तीको अवसरमा भानु कला केन्द्रले दुई जना व्यक्तिहरूलाई सम्मान गरेको छ। भानु मोरङ सांस्कृतिक समिति तथा भानु कला केन्द्र, विराटनगर–१० द्वारा आयोजित विशेष कार्यक्रमको उद्घाटन प्रमुख अतिथि प्राज्ञ विवश पोखरेलले दियो बालेर गरेका थिए।
कार्यक्रमका अतिथि प्राज्ञ खेम नेपाली, बिएस यादव, संगीतकार कुशेश्वर राई, साहित्यसंगम अभियानका अध्यक्ष मधु पोखरेल, दिनेश श्रेष्ठ, सरला चापागाईं, शोभा लामा बल, मीन कुमार श्रेष्ठ, डोमि कामत, डा. देवी पन्थी, अर्जुन गिरी, मन्जु शर्मा तथा कलाकार केशव रायमाझीको आतिथ्य रहेको थियो।
कार्यक्रममा "बहुभाषिक कविता वाचन" समेत गरिएको थियो। कविता वाचन गर्ने श्रष्टाहरूमा भवानी प्रसाद पोखरेल, सरिता तुलाधर, मधु पोखरेल, सरला चापागाईं, मन्जु शर्मा, सविना श्रेष्ठ, मीन कुमार श्रेष्ठ, फणिराज नेपाल र बाबुराम पोखरेल रहेका थिए।
यस वर्षको "भानु पदक" सिमा आभासलाई र संजय मण्डललाई सम्मान प्रदान गरिएको थियो। विभिन्न भाषाका कविताहरू वाचन गरिनुका साथै साहित्य, कला र संस्कृतिको क्षेत्रमा योगदान पुर्याउने श्रष्टाहरूलाई सम्मान गरिएको थियो।
कार्यक्रममा सहभागी अतिथिहरूले आदिकवि भानुभक्त आचार्यको योगदान र नेपाली भाषा तथा भानु कला केन्द्रको संरक्षणमा चतुर्भुज आशावादीको योगदानको स्मरण गर्दै, संस्थालाई जोगाउन लागिरहनेछौं मन्तव्य व्यक्त गरे।
समारोहमा सम्मानित व्यक्तिहरूलाई प्रमाणपत्र, दोसल्ला र माला अर्पण गरेर सम्मान गरिएको थियो। संस्थाकी अध्यक्ष माया पौडेलले आफ्ना स्व. पति चतुर्भुज आशावादीको शालिकमा माला र अबिर अर्पण गरेर कार्यक्रम सम्पन्न गरेकी थिइन्।
कार्यक्रमको सञ्चालन शिवनारायण सिङ्गलले गरेका थिए। कार्यक्रममा विभिन्न साहित्यिक तथा सांस्कृतिक क्षेत्रका व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो।




















