थियो याद अनौठो उमङ्ग अनौठो 

थियो छाती  भित्र  तरङ्ग अनौठो।


नजरमा नजरले गरी चिनाजानी

अनि  हृदयले  लेखेथ्यो  कहानी 

एकपलको भेट भएथ्यो अनौठो 

समर्पित  यौवनको  ढङ्ग अनौठो।


चन्द्रमा जस्तै थियौ तिमी शीतल

सुवास  छर्ने  फूल जस्तो कोमल

थियो सुख बेग्लै मिठास अनौठो

भरी प्रित प्यालाको मात अनौठो।


बेरेर    हरदम  त्यो   अँगालोभित्र 

बनाएर    प्रीति   सधैँ   नै   पवित्र

थियो बात मिठो  उन्माद  अनौठो

थियो प्रेमको त्यो आभास अनौठो।


नवराज पोखरेल नवशिला ।

बेलबारी - २, नवदेव मार्ग, 

लालभित्ती, मोरङ ।