विराटनगर ।इलाम — इलाम नगरपालिका–९ नरपतीकी २३ वर्षीया प्रमिला कार्कीले सपनामा ‘सिला भेटिन्छ’ भन्ने देखेपछि गरिएको उत्खननमा साँच्चिकै सिला भेटिएको छ। सपना अनुसार गरेको उत्खननमा सिला भेटिएपछि स्थानीयवासीमा ठूलो चासो र श्रद्धा उत्पन्न भएको छ।

सिला भेटिएपछि त्यहाँ विशेष पूजा आरम्भ गरिएको इलाम–९ का वडाध्यक्षले बताएका छन्। उनका अनुसार सिला भेटिएको स्थानलाई धार्मिक स्थलका रूपमा संरक्षण र अध्ययनका लागि प्रक्रिया सुरु गरिएको छ।

स्थानीयवासीले पनि उक्त स्थानमा दैनिक पूजा गर्न थालेका छन्। प्रमिला कार्कीका अनुसार सपनामा आफूलाई “यो स्थान उत्खनन गर, यहाँ सिला छ” भन्ने आवाज आएको थियो। यो घटना सार्वजनिक भएपछि स्थानीय र आसपासका भक्तजनको मात्र नभएर माता र झाक्रीको भीड दिनहुँ दिन बढ्न थालेको छ।