विराटनगर । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्तीको पूर्वसन्ध्यामा छन्दवाटिका नेपालको आयोजनामा सम्पन्न भएको छ।  अवसरमा महाकाव्यकार सोमराज अभयको नयाँ कृति शेषराज दाइको लोकार्पण गरिएको हो।

कार्यक्रमको अध्यक्षता छन्दवाटिका नेपालका अध्यक्ष हरि कट्टेललेको रहेको थियो। प्रमुख आतिथ्य प्रा. डा. टङ्क न्यौपानेले ग्रहण गरेका थिए। कार्यक्रममा प्राज्ञ विवश पोखरेल, प्रा. डा. मेदिनी शर्मा, प्रा. कविराज न्यौपाने, प्रगतिवादी साहित्यकार रामप्रसाद खरेल, डा. देवी पन्थी, अग्रज साहित्यकार बलराम पोखरेल, डमरु बल्लभ भण्डारी, कुशेश्वर राई, सरला चापागाईंलगायतको उपस्थिति रहेको थियो।


Messenger_creation_FB41FC72-9D39-4FB6-94FF-4A39B5B8D500Messenger_creation_5AD53032-87FE-4B77-9A4F-D51EC2DCFB83


कृतिको टिप्पणी समालोचक डा. दीपक न्यौपानेले गर्दै ‘शेषराज दाइ’ महाकाव्यको भाषा शैली परम्परागत भए पनि कथा र विचारका दृष्टिले सशक्त रहेको बताएका थिए। त्यस्तै, प्रा. डा. हरिहर भण्डारीले सोमराज अभयलाई “मोरङका सबैभन्दा बढी महाकाव्य लेख्ने कवि” भन्दै प्रशंसा गरे। उक्त महाकाव्यमा एघार सर्गहरू रहेका छन्।अभयको चौथो महाकाव्य हो।

कार्यक्रममा इटहरी, बेलबारी, सुन्दरहरैचा, इनरुवा र विराटनगरका साहित्यकारहरूको उल्लेख्य उपस्थिति थियो। सञ्चालन संस्थाका सचिव चिरञ्जीवी काफ्लेले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष निर्मला कोइरालाले गरेकी थिइन्। छन्दवाटिका नेपालले आफ्ना स्थापना कालदेखि नै महाकवि देवकोटाको जन्मदिन (कार्तिक २७)लाई आधार मानेर बिभिन्न साहित्यिक कार्यक्रमहरू आयोजना गर्दै आएको छ।