आजको युगलाई कृत्रिम बुद्धिमत्ता (AI) को युग भनिन्छ। मानव मस्तिष्कले सिर्जना गरेको यो अद्भुत प्रविधिले हाम्रो जीवनलाई सहज, द्रुत र दक्ष बनाएको छ। कम्प्युटर अब केवल गणना गर्ने यन्त्र मात्र होइन, सोच्ने, लेख्ने, चित्र बनाउने, र निर्णय लिनेसम्म सक्षम बनेको छ।

तर यो दुनियाँ केवल प्रकाशमय छैन, यसको भित्री अँध्यारो पक्ष पनि छ — भ्रामकता।

एआईले बनाएका तस्बिर, आवाज, र भिडियो यथार्थसँग यति मिल्दोजुल्दो हुन्छन् कि मानिसले सत्य र झूट छुट्याउन कठिन पर्छ। सामाजिक सञ्जालमा फैलिने “डीपफेक” भिडियो र झूटा समाचारले मानिसको विचार र विश्वासमा असर पार्दैछ।

साथै, एआईमा आधारित सिफारिस प्रणालीले मानिसलाई केवल आफूले मन पराउने कुरा देखाउँछ। यसले हाम्रो सोच सीमित पार्दै “भ्रमको पर्खाल” निर्माण गर्छ — जहाँ हामीलाई लाग्छ कि हाम्रो सोच मात्र सही छ।

तर एआई आफैं दोषी होइन। दोष हाम्रो उपयोगमा छ। यदि हामी सचेत रह्यौं, स्रोत जाँच्यौं, र प्रविधिलाई साधनका रूपमा प्रयोग गर्‍यौं भने एआईले संसारलाई अझ उज्यालो बनाउन सक्छ।

तर यदि हामी बिना सोच प्रयोग गर्‍यौं भने यही प्रविधि भ्रम र अविश्वासको हतियार बन्न सक्छ।


जमुना क्षेत्री 

इटहरी