विराट साहित्य सङ्गमको २१औँ वार्षिक साधारण सभा सम्पन्न
- कार्तिक ३०, २०८२
- ५१७ पटक पढिएको
विराटनगर, २०७२ कार्तिक २९ —
विराट साहित्य सङ्गमको २१औँ वार्षिक साधारण सभा तथा २३१औँ मासिक साहित्यिक शृङ्खला राष्ट्रसेवक सहकारी भवनको सभाकक्षमा सम्पन्न भएको छ। कार्यक्रमका अध्यक्षता सङ्गमका अध्यक्ष मधु पोखरेलको अध्यक्षतामा भएको उक्त
कार्यक्रमका प्रमुख अतिथि बलराम पोखरेल रहनुभएका थिए भने विशिष्ट अतिथिमा ऋतु आसीक, प्रा. डा. हरिहर भण्डारी, सरला चापागाईं, खेम नेपाली, कृष्णप्रसाद भण्डारी मार्सेली उपस्थित रहेका थिए।
सङ्गमका उपाध्यक्ष जीवन काफ्लेले संस्थाको परिचयसहित स्वागत मन्तव्य प्रस्तुत गरेका थिए। साहित्यकार खखेराका दुई कृतिहरू ‘अक्षरै अक्षर’ र ‘क्वाँटी प्लस’ तथा सङ्गम अभियान (पूर्णाङ्क १८६) को लोकार्पण पनि कार्यक्रममा गरिएको थियो।
सङ्गमका सचिव गोपाल निर्भीकले संस्थाको वार्षिक गतिविधिसहितको प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रममा उपस्थित साहित्यकार खखेरा, गोविन्द ढुंगाना, एकनाथ ढकाल, शान्ता कर्ण, शारदा भट्टराई, कर्णाखर उपाध्याय, प्रायग न्यौपाने, उमेश लुइँटेल, निर्मला कोईराला, लक्ष्मी रायमाझी, सरिता तुलाधर, रञ्जना भट्टराई, राधा भट्टराई, प्रा. डा. मीनराज ढकाल, डोमी कामत, कर्ण संजय, स्याम्भुनाथ कार्की, रुद्र सुवेदी, नानू मैयाँ दाहाल ,भीम कोईराला, भवानीप्रसाद पोखरेल, भागिरथा पौडेल, ऋतु आसीक, हरिप्रसाद बराल, शैलेन घिमिरेलगायतका स्रष्टाले आ–आफ्ना सिर्जनाहरू प्रस्तुत गरेका थिए।
सहभागी स्रष्टा प्रोत्साहनका रूपमा नगेन्द्रमणि विद्या न्यौपाने पुरस्कार यस वर्ष एकनाथ ढकाललाई प्रदान गरिएको थियो।























