बालाचतुर्दशी शिवालयमा आज शतबीज छरेर मनाइँदै
- मंसिर ३, २०८२
- १९८ पटक पढिएको
विराटनगर। पितृ तर्पण तथा सद्गतिको कामनासहित देशभरका विभिन्न शिवलय मन्दिर परिसरमा आज बालाचतुर्दशी पर्व विधिपूर्वक मनाइँदै छ। बिहानैदेखि पशुपति नाथ हलेसी महादेव मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गरेको छ।आजको दिनमा नित्यकर्म सम्पन्न गरी शतबीज (विविध अन्नबीऊ) छर्दै पित्रीलाई सम्झिदै भगवान् शिवको आराधना गरे पित्री मुक्क्ष हुने जन बिश्वास रहि आएको छ।
रातिदेखि पशुपतिनाथ मन्दिर क्षेत्रस्थित बागमती नदी किनार श्रद्धालुको दीप–जाग्रामले उज्यालो बनेको छ। दिवंगत पितृको सद्गतिको कामना गर्दै भक्तजनले नदी किनारमा बत्ती बालेर रातभर जाग्राम बसेका हुन्।
त्रयोदशीको दिन पितृ तर्पणका नाममा बत्ती बाल्ने, जाग्राम बस्ने तथा आत्माको शान्ति र सद्गतिको प्रार्थना गर्ने धार्मिक परम्परा अनुसार आज रात भक्तजनको उल्लेख्य भीड देखिएको थियो। बालाचतुर्दशी अघिल्लो रात मनाइने यो विशेष विधिमा सहभागी भक्तजनले बिहान सबेरै शतबीज छर्ने तयारीसहित पशुपति क्षेत्रभरि घुमघाम, भजन–कीर्तन र पूजा–अर्चना गर्नेगरेका छन्।
बिहान बालाचतुर्दशीको मुख्य दिन पार्दै श्रद्धालुले दिवंगत पितृका नाममा शतबीज छर्दै सद्गति, पारिवारिक शान्ति मिल्ने जनविश्वास छ।
बालाचतुर्दशीलाई पितृहरूलाई सम्झने, दिवंगत आत्माको शान्ति तथा सद्गतिको कामना गर्ने महत्वपूर्ण पर्वका रूपमा मनाइने गरिन्छ। भक्तजनले शिवालय वरिपरि प्रदक्षिणा गर्दै शतबीज छर्ने, दीप प्रज्वलन गर्ने र विशेष पूजाअर्चना गर्ने परम्परा छ।
काठमाडौंको पशुपतिनाथदेखि देशका विभिन्न जिल्लाका शिवालय मन्दिरहरूमा दर्शन, स्नान, रुद्राभिषेक तथा विशेष पूजा गर्ने चलन छ। बालबालिका, युवा तथा वृद्धाको सहभागितामा मन्दिर क्षेत्र आज दिनभरै श्रद्धालुहरुको घुइँचो हुने गर्दछ।
भक्तजनले बालाचतुर्दशी मनाएर पारिवारिक शान्ति, पितृमोक्ष र आत्मशुद्धिको मार्ग प्रसस्त हुने विश्वास रहेको छ।























