सबै आत्मा उस्तै न हुन  पनिता  सक्दछ तर

भला  बानी लागे  खुश मन  त्यतै पर्छ नजर

भलाे नै के मान्थी  तरपनि कुरा हुन्छ मनकाे

न साेचेकाे धम्की विचलन हुने आउँछ जसाे

१.

नबाेली बस्दामा किन चुप बसौँ हुन्छ मनमा

कुरा चल्दै जाँदा यसबखत छौँ लाग्छ रणमा

नता वर्षा जस्ती न त शिशिरकी पत्झर सरी

झरे झैँ   देखिन्थी  शरद ऋतुमा शीत लहरी

२.

उनै  हेमन्ती झैँ   छरपट  चिसाे  देख्दछु मन

भला साथी मेरी नव कपडुले  ढाक्नु छ तन

सुकाए के सुक्ला अतिव मधुराे घाम छ यहाँ

लुकाए के लुक्ला सबतिर खुलाधाम छ यहाँ

३.

प्रभा टल्की आए शुभ प्रहरमा न्यानु  बटुली

सुधा नाचेजस्ताे फुरुफुरु हुँदा लाग्छ पुतली

फुले झैँ  गाछीमा  लहलह  हुने  बैँस उसकाे

नता टेर्नेगर्थी जति पनि जमाेस् शीत पुषकाे

४.

बुढापाले गाँज्याे खलित तनछौ कत्ति नभन

छ उस्तै   नै    टाठाे तन मन दुबै  रम्य वदन

भनी नाच्ने  गर्थी घिन घिन बजे मादल भने

लपक्कै देखिन्थी सिरसिर वह्याे वादल भने

 ५.    

          शारदा कार्की

          विराटनगर

             २०८२ पुस १ गते