किन बढ्छ सास प्रश्न यो मेरो
यो कस्तो बतास, प्रश्न यो मेरो ?
म कङ्गाल ऊ चाहिँ करोडपति
उसमा के छ खास,प्रश्न यो मेरो ?
उसको महल छ बस्छ मस्तीले
म चाहिँ किन दास,प्रश्न यो मेरो ?
उ माटो नै बेचेर पैसा कमाउँछ
मेरो बगरमा बास, प्रश्न यो मेरो ?
कहिले हुने होला दुःखीलाई नि
गाँस बास कपास, प्रश्न यो मेरो ?
कि धनीको मात्रै प्यावा हो त
यो धर्ती आकाश, प्रश्न यो मेरो ?
✍ नवशिला।
२५ मङ्सिर २०७१ , मैतीदेवी परिसर।
बेलबारी - २, नवदेव मार्ग, लालभित्ती, मोरङ ।



















