कविता -:किसान सङ सर्जक
- पुस ३, २०८२
- २०३ पटक पढिएको
समय र समाजको सर्जक
जीवन र जगतको जननी
तपाई अभिभावक प्राणीको
तपाई पथ प्रदर्शक अँध्यारोको
हामी लेखिरहेछौं चेत तपाईको हो।
हामी गाई रहेका छौं राग तपाईको हो।
हाम्रा पाईतालाहरू तपाईको तेजले चल्छन।
हाम्रा नयँनहरू तपाईको शक्तिले बल्छन।
हामी सङ्गै सङ्गै छौं र सङै भइरहने छौ।
जगतको यात्रा सङ्गै सङ्गै गइरहने छौं।
शिर निहुरायर सम्मान प्रिय अभिभावक
हरेक सृजनाहरूमा हामी साथै रहने छौं।
हामी किसान का सन्तान
हामी किसानका छोराछोरी।
इन्द्र श्री न्यौपाने
विराटनगर




















