गजल
- पुस ४, २०८२
- २५२ पटक पढिएको
जप्थे सधैँ हरिनाम जो भजनमा
लिन्थे तिनैले फाइदा कफनमा
साथीहरूले दुःख व्यक्त गर्थे
दुस्मनहरू रम्थे मेरो पतनमा
लाग्थिन् उनी धर्तीकी अप्सराझैँ
जब लाउँथिन् गाजल दुबै नयनमा
हर रात तिनले योजना बनाए
खुब गर्दथे खुसखुस नयाँ भवनमा
होला मुलुकमा फेरि क्रान्ति साँच्चै
सरकार नै लाग्दै छ प्रतिगमनमा
भुपाल अधिकारी
विराटनगर
सरीअ मुसद्दस मक्सूफ बहर
२२१२ २२१२ १२२
परिश्रमी पाठशाला




















