किसानको जीवन हेर ९

खेती गर्दै गै जाने उमेर १०

काम गर्ने हो घुँडा धसेर १०

इमान चैं चाहिन्छ धेर ९


मेहनत जाँदैन खेर ९

अकाल र  खडेरी  पसेर १०

काम गर्ने हातमा सलाम१०

परिश्रमी गर्नेछ  धेर ९


गाउँ खुसी जाँदैन खेर ९

गीत कोरौं आलीमा बसेर १०

सुन बाला झुल्ने छन् खेतमा १०

गीतहरू सिर्जेलान् धेर ९


बस्तुभाउ गोठमा फेर ९

आए जोगी खरानी घसेर १०

अन्न पैसो खै ल्याउ बुहारी १०

दान दिनू नगरी बेर ९

सन्तोष कुम‌ार पोखरेल 

डिसेम्बर १९, २०२५। पुस ४, २०८२।

भक्तपुर नेपाल।