गजल
- पुस १४, २०८२
- २९० पटक पढिएको
प्यारमा गर्छ जो तिर्सनाका कुरा
लोभीले बुझ्छ के? वेदनाका कुरा
छैन मेरो कुनै याद भन्छन् भने
गर्नु के व्यर्थमा सम्झनाका कुरा
फेर्छ उसले लुगा झैँ इरादा भने
गर्नुपर्दैन भो साधनाका कुरा
लाभ घाटा हुने वस्तु यो होइन
प्रेममा गर्नु के याचनाका कुरा
ज्ञान नहुँदा सधैं पछि परेका भए
पढ्नु नारी भई चेतनाका कुरा
देवी पन्थी
वजन: २१२/२१२/२१२/२१२




















