चारु गीत
- पुस १५, २०८२
- ४७९ पटक पढिएको
म तिम्रो नजरमा बस्न सकिन
अँगालोमा कस्न सकिन
पत्थर रहेछ त्यो तिम्रो मन
केही गरी पगाल्न सकिन
मत आएर नौलो सहरमा
एक्लै हराएँ यो सहरमा
पानी बिनाको माछो बनायौ
खरानी बिनाको आगो बनायौ
आगो निभाउनै सकिन
म तिम्रो सहरमा
बस्नै सकिन
नसाको विष छुटाउनै सकिन
तिम्रो नसालाई भेटाउनै सकिन
जहर देऊ बरु मलाई
पागल छु पागल
पागल नै बनायौ
खै के भो मलाई
भन्नै सकिन
अँगालोमा तिम्रो बस्नै सकिन
म तिम्रो नजरमा
बस्नै सकिन।
माया पौडेल, विराटनगर , नेपाल
हाल: अमेरिका




















