एउटा रोचक किस्सा सुनेको थिएँ , रोचक नै छ त्यसैले दोहोर्‍याउछु । 


एक पटक एक चोरले बाटोमा खेल तमाशा देखाउँदै गरेको देखेछ । त्यो तमाशामा एक नट बाँस ठड्याएर त्यसको टुप्पासम्म फुर्तीले चढदै उत्रदै गर्दे थियो । 


उसको त्यो कुशलता देखेर त्यो चोर लोभियो । उसले त्यो नटलाई आफ्नो काम सघाई दिए वापत प्रसस्त धन दिने लोभ देखायो । भनिन्छ नी धन देख्दा महादेवका तीन नेत्र , त्यो नट पनि लोभियो । 


उ त्यो चोरसंग काम गर्न तैयार भयो । 


 चोरको काम नै रात छिप्पिए पछि हुन्छ । त्यसैले रात छिप्पिएपछि त्यो नट र चोर दुवै बाँस बोकेर नगर सेठको घर बाहिर पुगे । 


चोरले बाँस खडा गरिदियो , त्यो बाँसको टुप्पो नगर सेठको घरको छानोसम्म पुग्यो । 


अव चोरले नटलाई त्यो बाँसमा चढेर नगर सेठको घरमा पस्न र त्यहाँबाट धनसम्पत्ती तल झर्न अह्रायो  । 


तर त्यो नट बाँसको छेउमा उभिई रह्यो , चढ्ने प्रयत्न गरेन  । धेरै चोटी भन्दा पनि केही नलागे पछि चोरले अलि हप्काएर भन्यो । 


अनि नटले जवाफ दियो "पहिले ढोल बजाउनुस न त, ढोलको तालमा पो म बाँस चढन सक्छु "।


 कुनै व्यक्तिको कार्यकुशलता सबै क्षेत्रमा हुन संभव छैन । फेरी त्यही कार्यकुशलता पनि मात्र व्यक्तिमा भर पर्दैन उसलाई काम गर्न परिवेश चाहिन्छ । 


पछिल्ला दिनमा वीपी विचार मञ्चले विराटनगरमा कार्यक्रम गर्‍यो । 


यसमा कुलवहादु गुरुङ्ग , देवेन्दलाल्र नेपाली अनि देवप्रकाश त्रिपाठी काठमाण्डौबाट सहभागी प्रमुख वक्ता थिए । 


कुलबहादुर गुरुङ्ग जसको अध्ययक्षतामा बिना बहस संविधानसभाले गणतन्त्र कार्यान्वयन गर्‍यो । 


संविधान सभाको गठनले स्वतः समाप्त हुने व्यवस्थापिका संसदको आदेशानुसार त्यो कार्यन्वयन गर्नु नै पर्ने थियो । 


तर उनले कम से काम गणतन्त्रका विपक्षमा भएका साभसदहरुलाई धारणा राख्न दिन त सक्थे तर गरेनन ।


 यसै गरेर देवेन्द्रलाल नेपाली नेपाली कांग्रेसको निमित्त समर्पित व्यक्ति हुन । शेरवहादुर देउपा भन्दा वरिष्ट हुन । 


पञ्चायत विरुद्धको नेपाली कांग्रेसको संघर्षमा उनको असर थाहा हुने कांग्रेसी शायद अब छैनन । 


तै पनि उनलाई डुव्न लागेको नेपाली कांग्रेसको हालतले पोलेको छ । 


अपेक्षकृत युवा वरिष्ट पत्रकार देवप्रकाश त्रिपाठी नेपाली कांग्रेसका त्यो स्थान लिने व्यक्ति हुन जहाँ उनलाई वारंवार नेकाको तर्फबाट चुनाव लड्ने प्रस्तव आउछ । 


तर उनी पदलाई भन्दा आस्था र आदर्शलाई उच्च मान्छन । 


यी तीनै जना नेका भित्रका यस्ता व्यक्तित्व हुन जो नेकाले हाल बाटो विराएको मान्यता राख्छन । 


आफ्नो अन्तकालमा नेपाली कांग्रसले अहिलेसम्म पनि गर्व गरेका नेताहरु गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले कांग्रेस छोड्नु पर्‍यो ।


 कुलबहादुर गुरुङ्गको पुरा व्याख्यान सुन्न परिस्थितिले दिएन । 


एलिट क्लबको छोड्न नमिल्ने कार्यक्रमको कारणले बीचैमा कार्यक्रम छोड्नु पर्‍यो । 


तर जति पनि सुनियो त्यसमा त्यस वेलासम्मका सबै वक्ताहरुले उपलब्धी भनिएको संघीयता, धर्मनिरपेक्षता अनि गणतन्त्रको बाटो लिनुलाई नेपाली कांग्रेसले बाटो विराएको नै भने । 


नेपाली कांग्रेस कम्युनिष्टको विचारधाराको जालमा नराम्रेरी फसेको र अस्तित्वको संकट औल्याए । 


यो दुईदल बीचको आपसी कुरामा उनीहरु बीचमै राख्दा पनि पेश गरिएका तर्कहरु गहकिला नै थिए ।


 गणतन्त्र कार्यन्वयन गर्ने ऐतिहासिक (?) मौका पाएका कुलबहादुर गुरुङ्ग किन आफुले पुरा गरेको त्यो जिम्मेवारीले नेपालको अस्तित्व खतरामा परेको देख्छन । 


दल बाहेक प्रजातन्त्र नै हुन्न भन्ने मान्यतालाई आत्मसात गरेका देवेन्द्रलाल नेपाली तथा देवप्रकाश त्रिपाठी किन आफ्नो दलको नेतृत्वलाई हठी र दम्भी देख्छन अनि त्यसले पार्टीलाई समाप्त पार्न सक्ने देख्छन । 


के उनीहरुले विगतमा सिंउँडीको बोटमा आँप फलाउने प्रयत्नमा साथ दिएका थिए त ? 


दुर्भाग्य यस किसिमका प्रतिक्रिया त्यो कार्यक्रममा भाग लिनेहरुबाट चर्चा भएन । 


संभवत अव नेपाली कांग्रेस पृष्टभुमिका संघसंस्थाले उनीहरुलाई विराटनगरमा आमन्त्रण गर्ने छैन ।


उनीहरुलाई काँडाले राम्रो देखिने सिंउडीबाट आँप फलाउन गरेको व्यर्थ्य प्रयत्नको आभाष भैसक्यो । 


तर सत्तालोलुप भिड भने अझै सिंउँडीको बोटमा आँप फलाउने प्रयत्न गर्दैछ । 


यो प्रवृत्ति नेकामा मात्र हैन सबै दलमा छ , सबै दलमा आफ्नो त्यो प्रयत्न व्यर्थ्य भएको अनुभुति हुनेहरु पनि छन । 


तर अव आफ्नो मेहेनतको फल जसरी भए पनि प्राप्त गर्ने होडबाजीमा लाग्न ठिक सम्झनेहरु छन । 


तीनीहरु आफ्नो नेतृत्वलाई माथीको किस्सामा नटले जस्तै गरेर मुलुकमा चमत्कारिक परिवर्तन गरोस भन्ने चाहान्छन । 


तर ढोल नबजी ती नेताहरुको क्षमता देखिन्न र त्यो ढोल हो कसैको विरोध गर्न पाउनु । 


जीवनभर उनीहरुको अनुभव र विज्ञता नै विरोध हो त्यसैले उनीहरुबाट अरु आशा गर्नु भनेको नै सिंउडीको बोटबाट फल्ने आँप खान खोज्नु हो ।


स्वयम्भुनाथ कार्की

विराटनगर १

२०७५।१०।८

घटना र विचार