विराटनगर १ परोपकार धाममा रहेको कैलाशपति महादेवको मुर्ति आज ४ बजे अनावरण गरिदै
- फागुन ३, २०८२
- १५७ पटक पढिएको
विराटनगर । विराटनगर १ परोपकार धाममा निर्माण गरिएको कैलाशपति महादेवको मुर्ति अनावरण गरिने भएको छ । परामार्थ सिंघिया आरती सेवा विराटनगरले आम भक्तजनहरुबाट आर्थिक सहयोग जुटाई निर्माण गरिएको मुर्तिको आज शिवरात्रिको अवसर पारेर साँझ ४ बजेपछि अनावरण गरिने भएको हो ।
परामार्थ सिंघिया आरती सेवा विराटनगरका प्रमुख संरक्षक शंकर खरेलका अनुसार सुनसरी चतराका जगतगुरु बाल सन्तको हातबाट मुर्तिको अनावरण गरिने भएको जानकारी दिए। आम भक्तजनहरुबाट आर्थिक सहयोग जुटाई जमिनदेखी शिर सम्मको करिब ६४ फिटमा रहेको मुर्ति निकै आर्कशित देखिएको छ ।




















