ओखलढुंगा । प्रतिनिधिसभा सदस्य निर्वाचनमा ओखलढुंगाको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसको उम्मेदवारबीचमाजम्मा ५ मतले मात्र विश्वराज पोखरेल बिजय  भएको छ ।

काङ्ग्रेस संगको अत्यन्तै कडा प्रतिस्पर्धापछि रास्वपाका उम्मेदवार ५ मतको झिनो अन्तरले विजयी भएका हुन्। अन्तिम मतपरिणाम अनुसार पोखरेलले १३ हजार ९५३ मत प्राप्त गर्दै विजय हासिल गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइँटेलले १३ हजार ९४८ मत प्राप्त गरे। दुवै उम्मेदवारबीच अन्तिमसम्म कडा प्रतिस्पर्धा हुँदा परिणाम अत्यन्तै झिनो मतान्तरमा टुंगिएको हो।

नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार अम्बिरबाबु गुरुङले ११ हजार २९६ मत प्राप्त गरेका छन् भने नेकपा एमालेकी उम्मेदवार अस्मिता थापाले १० हजार ७२० मत प्राप्त गरेकी छन्।ओखलढुंगामा कांग्रेस र रास्वपाबीचको प्रतिस्पर्धा सुरुदेखि नै चर्को देखिएको थियो। मतगणनाको अन्तिम चरणमा रास्वपाका पोखरेलले झिनो अग्रता कायम गर्दै जित हात पारेका हुन्।