विराटनगर । फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफुसहित पार्टीका अधिकांश उम्मेदवार पराजित भएपछि कांग्रेस सभापति गगन थापा राजिनामा दिने मुडमा देखिएका छन् ।
उनले उपसभापति विश्वप्रकाश शर्मासँग राजिनामा दिन लागेको भन्दै छलफल गरेका छन् । तर उपसभापति शर्माले भने अहिल्यै राजिनामा नदिन आग्रह गरेको स्रोतले जनाएको छ ।
उनीहरूबीच सोमबार साँझपख नयाँ बानेश्वरमा छलफल भएको जनाइएको छ ।
सर्लाही ४ बाट उम्मेदवार बनेका थापा पराजित भएका छन् । उनले आफूलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सार्दै चुनावी नेतृत्व गरेका थिए ।
तर निर्वाचनमा कांग्रेसबाट सवै पदाधिकारीसहित पराजित भएका छन् । कांग्रेसबाट देशभरमा १८ जनामात्रै निर्वाचित भएका छन् । त्यसैको दवावमा परेका थापाले सभापतिबाट राजिनामा दिने निश्कर्षमा पुगेको जानकारी दिएको छ ।
थापा विशेष महाधिवेशनबाट सभापति चयन भएको मात्र ५० दिन पुगेको छ ।




















