ग्यास अभाव व्यवस्थापन गर्न आधा सिलिन्डर वितरण, मूल्य ९५५ रुपैयाँ
- फागुन २८, २०८२
- १७२ पटक पढिएको
काठमाडौं । ग्यास आपूर्तिमा समस्या देखिन थालेपछि नेपाल आयल निगमले शुक्रबारदेखि बजारमा आधा सिलिन्डर (७.१ केजी) ग्यास मात्रै वितरण गर्ने निर्णय गरेको छ।
निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टका अनुसार आधा सिलिन्डर ग्यासको मूल्य ९५५ रुपैयाँ तोकिएको छ। सीमित ग्यास धेरै उपभोक्तासम्म पुर्याउने उद्देश्यले यस्तो व्यवस्था गरिएको उनले बताए।
पछिल्ला दिनमा काठमाडौंसहित विभिन्न स्थानमा ग्यास लिन उपभोक्ताको लामो लाइन देखिन थालेको छ। अन्तर्राष्ट्रिय आपूर्ति शृंखलामा देखिएको प्रभावका कारण ग्यास वितरणमा दबाब परेको निगमले जनाएको छ।




















