रङ्गेलीमा नेपाल निवृत्त शिक्षक समाजको दोस्रो नगर परिषद सम्पन्न
- चैत १८, २०८२
- ३६६ पटक पढिएको
रङ्गेली।मोरङ चैत १८नेपाल निवृत्त शिक्षक समाज नगर कार्य समिति रङ्गेली, मोरङले आफ्नो दोस्रो नगर परिषद २०८२ सम्पन्न भएको छ।
समाजका अध्यक्ष रामनरेश झाको अध्यक्षतामा आयोजित कार्यक्रममा रङ्गेली नगरपालिकाका नगर प्रमुख भूमा पराजुली प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए। त्यस्तै, नेपाल निवृत्त शिक्षक समाजका केन्द्रीय उपाध्यक्ष शिवराज कोइराला विशिष्ट अतिथि रहेका थिए।
कार्यक्रममा समाजका जिल्ला सचिव पुण्यप्रसाद भण्डारी, सल्लाहकार ईन्द्रेणी थापा तथा शिक्षक महासंघ रङ्गेलीका अध्यक्ष चिरञ्जीवी काफ्ले अतिथिका रूपमा सहभागी भएका थिए।
परिषद कार्यक्रममा हरिप्रसाद न्यौपानेले स्वागत मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा समाजका गतिविधि, भावी योजना तथा शिक्षक हितसम्बन्धी विभिन्न विषयमा छलफल गरिएको थियो।





















