विराटनगरमा तीनदिने विराट मैथिली साहित्यिक गोष्ठी सुरु
- वैशाख १३, २०८३
- ४४४ पटक पढिएको
विराटनगर । विराट मैथिली नाट्य कला परिषदको आयोजनामा तीनदिने ‘विराट मैथिली साहित्यिक गोष्ठी २०८३’ सुरु भएको छ।
डोमी कामतको अध्यक्षतामा सुरु भएको उक्त कार्यक्रममा तीन दिन सम्म चल्ने भएको छ।पहिलो दिन १२ गत्ते उद्घाटन तथा मैथिली काव्य गोष्ठी , दोस्रो दिन वहुभाषिक कवि गोष्ठी ,तेस्रो दिन धन्यवाद ज्ञापन स्नेहपत्र वितरण रहने छ।कार्यक्रमका प्रमुख अतिथिका रूपमा काेशी प्रदेशका वन तथा पर्यटन मन्त्री भिम पराजुलीको उपस्थिति रहेको थियो। विशिष्ठ अतिथिहरूमा प्राज्ञ परमेश्वर कापरि, मा. आभासेतु सिंह, डा. सूर्य प्रसाद यादव , डा. एस एन झा,साथै मधु पोखरेल, मेदिनी शर्मा, बलराम पोखरेल, बाबुराम पोखरेल लगायतका अतिथिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा भवानी प्रसाद पोखरेल, मञ्जु घिमिरे दाहाल तथा चन्द्रकान्त भट्टराई , पुस्पा सायरा ,उमेश क भगत ,भुपाल अधिकारी ,कुमार श्रेष्ठ ,ऋषि तिवारी ,आभा अनुपम,शिव नारायण पण्डित सिंगल , सविना श्रेष्ठ ,सृजना प्रसाईं ,सुशीला प्रसाईं, कारी मण्डल ,प्रेमप्रसाद रिजाल ,डा:राम प्रबोध चौधरी ,सरिता तुलाधर ,कर्ण संजय , मञ्जु घिमिरे दाहाल लगायतका साहित्यकारहरूको पनि उपस्थिति रहेको आयोजकले जनाएको छ। कवि शिव नारायण सिंगलकाे सञ्चालन रहेकाे कार्यक्रम भव्य रुपमा सम्पन्न भएकाे थियाे ।
आयोजकले जनाएको छ।




















