बेलबारी। मोरङ  २०८३/०१/२७/बेलबारी मोरङकी साहित्यकार रेखा सुवेदी नगद रु :५०हजार पाँचसहित स्वर्णिम साहित्य पुरस्कार २०८३ बाट पुरस्कृत भएकी छन्।त्यसैगरी धरान निवासी अग्रज साहित्यकार सरणकुमार राई रु:१० हजार पाँचसहित  स्वर्णिम साहित्य सम्मानबाट सम्मानित भएका छन्।दुवै साहित्यकारहरूलाई प्रमुख अतिथि वरिष्ठ साहित्यकार श्रवण मुकारुङ कार्यक्रम अध्यक्ष प्रकाश दिप्साली राई र आयोजक अध्यक्ष सरणकुमार लिम्बुले अबिर खादा दुबोको माला सम्मानपत्र र नगद प्रदान गरेका थिए।

अतिथि मुकारुङले सिर्ले मानिसहरूको आत्मा छुनुपर्ने बताए।पहिला पहिला मैलेपनी क्रान्तिका लागि लेखेँ हुँला,रहर मेटाउन लेखेँ हुँला तर अहिले समाजमा मानिसहरूलाई सकारात्मक बनाउन लेख्दै गरेको बताए।

सम्मानित राईले म मरेपछि मलाई करोडौं रुपियाँसहित सम्मान गर्नुभएको हुन्थ्यो भनेपनी त्यो सम्मान मलाई कामलाग्ने थिएन तर आफू जिउँदै हुँदा सम्मान गर्नुभएकोमा धन्यवाद दिदै खुसी प्रकट गरे।पुरस्कृत सुवेदीले आफ्नी आमालाई सम्झिदै उनलाई यो तहसम्म आउँदा सहयोग गर्नेहरुलाई धन्यवाद दिँदै उनको कविताकृति नयाँ अनुहारको हराएको यलम्बर खोजिरहेकी छु शिर्षकको कविता वाचन गरेकी थिइन्।कार्यक्रममा लोकगायक तेजिन्द्र गन्धर्व राई महिलाले गाउँ छोड्यो रे लगायतका तिनवटा गीत सारङगीको रेटाइसँगै गाएका थिए।

साहित्यकारहरु प्रल्हाद पहरेदर इरानराई ,हेनसेम याखा,जेबी थुलुङ,भिम विरही राई,राजेन्द्र कार्की ,विश्वजित चाम्लिङ राई, हेमन यात्री ,रमेश निरौला ,तिला लेकाली ,दिप मङ्ग्राती ,धनजित पराजुली ,आशाराम चौधरी ,रोहित काफ्ले ,बादल चाम्लिङ ,उमा सिजापती ,निरु गौतम ,यज्ञराज सुवेदी ,सुसेली ,दिपा मङग्राती ,उर्मिला शर्मा ,रिजाल राजन बान्तावा ,नदि राई ,अतिथिहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता स्वर्णिम साहित्य सम्मान तथा पुरस्कार कोषका अध्यक्ष प्रकाश दिप्साली राईको अध्यक्षता र सचिव सविता फागो चोङ्बाङको सञ्चालनमा साहित्य भुमी बराहक्षेत्र नपा-०३,नडाहाको टेकाने रोस्ट सेन्टर एन्ड सेकुवा कर्नरको सभाकक्षमा हिजो स्वर्णिम साहित्य समाजको आयोजनामा सम्पन्न भएको थियो।


31