विराटनगर । सामाजिक तथा सामुदायिक गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित विराटनगर–१२ स्थित विराट सामुदायिक भवनको एघारौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
साधारणसभामा प्रमुख अतिथिका रूपमा विराटनगर महानगरपालिका–११ का वडा अध्यक्ष तीर्थेन्द्र न्यौपाने सहभागी थिए । उनले सामुदायिक संस्थाहरू स्थानीय विकासका महत्वपूर्ण आधार भएको उल्लेख गर्दै सामाजिक एकता, सहकार्य र उत्तरदायित्वलाई थप सुदृढ बनाउन आग्रह गरे ।
कार्यक्रममा विराटनगर–१२ का वडा सदस्य कुशेश्वर राजवंशी, सामाजिक व्यक्तित्व विष्णु खनाल तथा वडा नं. ११ की सदस्य ज्ञानादेवी पासवान अतिथिका रूपमा सहभागी थिए ।
संस्थाका उपाध्यक्ष गणेश निरौलाले स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाले विगतदेखि समुदाय केन्द्रित गतिविधिलाई निरन्तरता दिँदै आएको बताए । कार्यक्रम सञ्चालन सचिव ज्ञानेन्द्र खड्काले गरेका थिए ।
संस्थाका अध्यक्ष राधेश्याम कटेलको अध्यक्षतामा सम्पन्न गरिएको थियो। कार्यक्रमका क्रममा विभिन्न व्यक्तित्वलाई माला तथा ब्याज वितरण गरिएको थियो । उक्त व्यवस्थापनमा संस्थाकी सदस्य अम्बिका खरेल उप्रेती र रमिला कोइरालाको रहेको थियो।
साधारण सभाले आगामी वर्षका लागि संस्थागत क्षमता अभिवृद्धि, सामाजिक कार्यक्रम विस्तार तथा समुदायसँगको सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।




















