मुख्यमन्त्री कार्कीले दिए गणतन्त्र दिवसको शुभकामना, समावेशी लोकतन्त्रमा जोड
- जेठ १५, २०८३
- २९८ पटक पढिएको
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की ले गणतन्त्र दिवस २०८३ को अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।
उनले लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै लोकतन्त्रका लागि संघर्ष गर्ने राजनीतिक नेतृत्व, नागरिक समाज तथा आम जनसमुदायप्रति सम्मान व्यक्त गरे।
शुभकामना सन्देशमा नेपाली जनताको लामो संघर्ष र बलिदानबाट स्थापित गणतन्त्रले देशलाई लोकतान्त्रिक अभ्यास, नागरिक स्वतन्त्रता तथा समावेशी शासन प्रणालीतर्फ अघि बढाएको उल्लेख गरिएको छ।
मुख्यमन्त्री कार्कीले २०६२/६३ सालको जनआन्दोलन तथा ऐतिहासिक राजनीतिक परिवर्तनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको स्मरण गर्दै संविधान र लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण तथा सुदृढीकरणमा सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन्।




















