पाँचदिने भारत भ्रमणमा जाँदै रवि लामिछाने
- जेठ १८, २०८३
- १०४ पटक पढिएको
काठमाडौँ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवी लामिछाने आज पाँचदिने भ्रमणका लागि भारत प्रस्थान गर्दैछन्।
भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नभिनको निमन्त्रणामा लामिछाने दिउँसो १ बजे भारत जाने कार्यक्रम रहेको छ।
भ्रमण टोलीमा सभापति लामिछानेसँगै उनकी पत्नी निकिता, पार्टीका सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहोरा तथा प्रदीप आचार्य सहभागी रहनेछन्।
रास्वपाका प्रवक्ता मनिष झाका अनुसार भ्रमणका क्रममा लामिछानेले नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यसूची रहेको छ।




















