विराटनगरका डिभाइडरमा सरसफाइ अभियान, नगर प्रहरी प्रमुख पौडेलको नेतृत्व
- असार ९, २०८३
- ३७७ पटक पढिएको
विराटनगर । विराटनगर महानगरपालिकाले शहरको सौन्दर्य र स्वच्छता कायम राख्ने उद्देश्यले सडक डिभाइडरहरूको सरसफाइ अभियान सञ्चालन गरेको छ।
महानगरपालिका नगर प्रहरी प्रमुख राजन पौडेल को नेतृत्वमा गरिएको सरसफाइ अभियानअन्तर्गत विभिन्न सडकखण्डका डिभाइडरमा उम्रिएका झारपात हटाउने, फोहोर संकलन गर्ने तथा वातावरणलाई व्यवस्थित बनाउने कार्य गरिएको छ।
महानगरपालिकाले नियमित सरसफाइ तथा हरियाली प्रवर्द्धन कार्यक्रमलाई प्राथमिकता दिँदै आएको जनाएको छ।
महानगरपालिकाले स्वच्छ, सुन्दर र व्यवस्थित विराटनगर निर्माणका लागि यस्ता अभियानलाई निरन्तरता दिने जनाएको छ। साथै नगरवासीलाई सार्वजनिक स्थानको सरसफाइमा सहयोग गर्न र फोहोर जथाभावी नफाल्न आग्रह गरेको छ।




















