विराटनगर । विराटनगर निवासी साहित्यकार, समीक्षक तथा समालोचक भवानीप्रसाद पोखरेलद्वारा लिखित बाह्रौँ कृति ‘स्रष्टाका सिर्जनाहरू’ समालोचना सङ्ग्रहको लोकार्पण भएको छ।

राष्ट्रिय सहकारी मोरङको साहित्य ‘सिर्जना’ र सम्बाद मासिकको ७८औँ शृङ्खला अन्तर्गत आयोजित कार्यक्रममा कविराज न्यौपाने प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा  प्राज्ञ विवश पोखरेल, इरानराई तथा सरला चापागाईं  अतिथिका रूपमा सहभागी थिए। कार्यक्रमको अध्यक्षता मधु पोखरेलले गरेका थिए।

लोकार्पणपछि साहित्यकार बाबुराम दाहाल र बाबुराम पोखरेलले कृतिमाथि समीक्षा प्रस्तुत गर्दै पुस्तकले नेपाली समालोचना साहित्यमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

कार्यक्रममा उपस्थित कविहरूले आफ्ना सिर्जना वाचन गरेका थिए। कविता वाचन गर्नेमा नवराज पोखरेल, , शारदा कार्की, कविता केसरी, बाबुराम श्रेष्ठ, रमेश निरौला लगायतका स्रष्टाहरुले वाचन गरेका  थिए।

कार्यक्रमको सञ्चालन गोपाल निर्भीकले गरेका थिए। कार्यक्रममा साहित्यकार, कवि तथा साहित्यप्रेमीहरूको बाक्लो  उपस्थिति रहेको थियो।