विराटनगरमा श्रद्धा र अनुशासनका साथ मनाइयो मुहरम पर्व
- असार १३, २०८३
- २२८ पटक पढिएको
विराटनगर । विराटनगरका मुस्लिम समुदायले इस्लाम धर्मको महत्वपूर्ण पर्व मुहरम श्रद्धा, भक्ति र अनुशासनका साथ मनाएका छन्।
मोहरमका अवसरमा समुदायका सदस्यहरूले धार्मिक जुलुस निकाली विभिन्न स्थानको परिक्रमा गर्दै कब्रिस्तानमा आएर विश्राम गरेका थिए। जुलुसमा सहभागीहरूले इमाम हुसैन र कर्बलाका शहीदहरूको सम्झना गर्दै शोक, त्याग, सत्य र न्यायको सन्देश प्रवाह गरेका थिए।
कार्यक्रमलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन स्थानीय प्रशासन तथा सुरक्षा निकायले आवश्यक सुरक्षा व्यवस्था मिलाएको थियो। जुलुसका क्रममा कुनै अप्रिय घटना नभएको जनाइएको छ।
मुहरम इस्लाम धर्मावलम्बीका लागि शोक, त्याग र बलिदानको प्रतीकका रूपमा मनाइने पर्व हो। यस अवसरमा कर्बलाको युद्धमा इमाम हुसैनले सत्य र न्यायका लागि दिएको बलिदानको स्मरण गर्दै मुस्लिम समुदायले विभिन्न धार्मिक कार्यक्रम आयोजना गर्ने परम्परा रहेको छ।




















