लघुकथाकार रमेन्द्र कोइराला विराटनगरमा सम्मानित
- असार २१, २०८३
- ३४३ पटक पढिएको
विराटनगर । नोबेल साकोस साहित्य संस्था विराटनगरको नियमित साहित्यिक कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा इनरुवाका चर्चित लघुकथाकार रमेन्द्र कोइरालालाई साहित्यिक योगदानको कदर गर्दै माला, खादा, प्रमाणपत्र तथा नगदसहित सम्मान गरिएको हो।
सम्मानित व्यक्तित्व रमेन्द्र कोइरालाको साहित्यिक व्यक्तित्व तथा योगदानबारे साहित्यकार भुपाल तिम्सिना र ऋषि तिवारीले प्रकाश पारेका थिए। उनीहरूले कोइरालाको लघुकथा विधामा रहेको योगदान उल्लेखनीय रहेको बताए।
संस्थाकी अध्यक्ष मञ्जु घिमिरे दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्यकार ममता मृदुल प्रमुख अतिथि रहेकि थिइन् ।कार्यक्रममा मेदिनी शर्मा भण्डारी, लिलानाथ सिलवाल, बलराम पोखरेल, केसु बिरही, शिवनारायण सिङ्गल, भरत गुरागाईं ‘बर्बरिक’ र भवानी पोखरेल विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए।
कार्यक्रममा द्वारिका प्रसाद पोखरेल, नवराज नवशिला, ऋषि तिवारी, भुपाल तिम्सिना, हरि कट्टेल, विष्णु दाहाल, गोपाल पोखरेल, डोमी तामाङ, लोचन रिजाल लगायत साहित्यकारहरूको उपस्थिति रहेको थियो। विराटनगर, इनरुवा, बेलबारी, इटहरीलगायत विभिन्न स्थानबाट साहित्यकारहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।
कार्यक्रममा उद्घाटन, राष्ट्रिय गान, स्वागत मन्तव्य, सम्मान अर्पण, शुभकामना मन्तव्य, रचनावाचन तथा मायाको चिनो प्रदान गर्ने कार्यक्रम सम्पन्न गरिएको थियो। कार्यक्रमको सञ्चालन संस्थाकी सचिव सुजाता राईको रहेको थियो।





















