विराटनगर । विराट साहित्य सङ्गमद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार सञ्चालन गरिँदै आएको साहित्यिक शृङ्खलाको २३९औँ संस्करण सम्पन्न भएको छ। सो अवसरमा २१३औँ भानु जयन्ती तथा ८५औँ डा. नरेन्द्र चापागाईं जन्मजयन्तीसमेत साहित्य सिर्जना वाचन कार्यक्रमका साथ मनाइएको थियो।
संस्थाका अध्यक्ष मधु पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा यान पी. आचार्य प्रमुख अतिथि तथा बलराम पोखरेल विशिष्ट अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रममा प्रा. डा. मेदिनी शर्मा, प्रा. डा. मीनराज ढकाल, प्रा. डा. चक्रपाणि खनाल, प्रा. एकराज भट्टराई, भीमेन्द्रबहादुर कार्की, गोविन्द ढुङ्गाना, बासुदेव नेपाल, कुमार प्रधान, उमानाथ भट्टराई, शैलेन घिमिरे, कविता केशरी, भवानी पोखरेल, लोचन रिजाल, ऋषि तिवारी, भूपाल अधिकारी, केशव रिजाल, विकल्प कौशिक, सुशीला प्रसाईं, चन्द्रकान्ता भट्टराई, शम्भुप्रसाद भट्टराई, एल.पी. पराजुली, हरिप्रसाद बराल, भीम कोइराला, जमुना पौड्याल, नानुमैया दाहाल, कविता चापागाईं, नारायण दाहाल, मोहनसिंह लिम्बू, संजय कर्ण, लक्ष्मी युग्मी, सरिता तुलाधर, डोमी कामत, गोविन्दप्रसाद झुनझुनवाला, रञ्जना भट्टराई, निर्मला नेपाल, गोविन्द भगत, उमेशकुमार भगत, सुमन पोखरेल, शान्ता कर्ण र गोपाल निर्भीकलगायतका स्रष्टाहरूले आ–आफ्ना साहित्यिक सिर्जना वाचन गरेका थिए।
कार्यक्रममा सेमन्तमणि भट्टराई, बदमिया साह, अम्बिका खरेल, यशोदा भट्टराईलगायत साहित्यप्रेमीहरूको उपस्थिति रहेको थियो।
यसै अवसरमा गोविन्दप्रसाद झुनझुनवालालाई विराट साहित्य सङ्गमको आजीवन सदस्यता प्रदान गरिएको थियो। सहभागी प्रोत्साहन पुरस्कारअन्तर्गत गोला प्रथाबाट छनोट गरी नारायण दाहाललाई नगेन्द्रमणि–विन्ध्या न्यौपाने सहभागी प्रोत्साहन पुरस्कार तथा शैलेन घिमिरेलाई निरज खतिवडा सहभागी प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो।




















