काठमाडौं ।नेपाली बजारमा साताको पहिलो कारोबार दिन सोमबार सुनको मूल्य उल्लेख्य रूपमा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला २ हजार ८०० रुपैयाँले घटेर २ लाख ८५ हजार २०० रुपैयाँमा कायम भएको छ।
यसअघि आइतबार छापावाल सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो। लगातार मूल्यमा आएको गिरावटसँगै सुनको बजार ओरालो लागेको छ।
सोमबार चाँदी प्रतितोला १०० रुपैयाँले सस्तिँदै ४ हजार ३७५ रुपैयाँमा कायम भएको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ४७५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा समेत देखिने गरेको छ। सोही प्रभावका कारण पछिल्ला दिनमा सुन र चाँदीको मूल्यमा निरन्तर परिवर्तन भइरहेको व्यवसायीहरुले जानकारी दिए।



















