सिर्जनामा इनरुवाको ५१औँ श्रृङ्खला भव्य रूपमा सम्पन्न
- साउन २, २०८३
- २७१ पटक पढिएको
इनरुवा।साउन २ गते — साहित्यिक संस्था ‘सिर्जनामा इनरुवा’को ५१औँ श्रृङ्खला कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा इनरुवा, इटहरी, विराटनगर, भोक्राहा, भुटाहा लगायत विभिन्न स्थानबाट साहित्यप्रेमी तथा स्रष्टाहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा कविता, गीत, गजल, मुक्तक, लघुकथा तथा अभिनय प्रस्तुति गरिएको थियो। करिब ४० जना सहभागी रहेको उक्त साहित्यिक जमघटले सिर्जना र साहित्यप्रतिको लगावलाई थप सशक्त बनाएको छ।
कार्यक्रमको अध्यक्षता लिलानाथ सिलवालले गरेका थिए। प्रमुख अतिथिका रूपमा केशव रिजालको उपस्थिति रहेको थियो। विशिष्ट अतिथिहरूमा संस्थाका सल्लाहकार तथा महाकाव्यकार डमरुवल्लभ भण्डारी, कृष्णप्रसाद गौतम (इटहरी), मिरा पोखरेल अधिकारी (इनरुवा) तथा भूपाल अधिकारी रहेका थिए।
कार्यक्रममा युवराज दाहाल, दिपेश कुमार दास, राधा सुवेदी, कुमार श्रेष्ठ, ऋषि तिवारी, अंशु गुप्ता, विष्णु दाहाल, द्वारिका पोखरेल, आशिष यादव, पवनकुमार यादव, प्रकाश अनुराग, किरण मेहता, निर्मला भट्टराई कोइराला, रमेश निरौला, सञ्जीव कटवाल, कृष्ण नेपाल, केशव तिम्सिना, कृष्ण तिम्सिना, रोसनी यादव, सुस्मिता यादव, कविराज घिमिरे, शिवनारायण पण्डित लगायतका साहित्यकारहरूको सहभागिता रहेको थियो।
संस्थाका सचिव रमेन्द्र कोइरालाले सञ्चालन गरेको कार्यक्रम विविध साहित्यिक प्रस्तुति तथा सर्जकहरूको सक्रिता र उर्जाका साथ सम्पन्न भएको थियो।




















