विराटनगर । सिराहामा बोलबम श्रद्धालु सवार ट्याक्टरको ट्रेलर पल्टिँदा १५ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ।

सिराहाको कर्जन्हा नगरपालिका–२ बन्दीपुरस्थित फुलकुमारी महतो स्कुलको गेटअगाडि दुर्घटना भएको हो। उतरवाहिनीबाट बन्दीपुरस्थित महेन्द्र राजमार्गतर्फ जाँदै गरेको ज.१ त ४८०८ नम्बरको ट्याक्टरको ट्रेलरमा बोलबम श्रद्धालुहरू सवार थिए।

स्कुलको गेटअगाडिको उकालोमा ट्याक्टर अनियन्त्रित भई ट्रेलरसहित पल्टिँदा श्रद्धालुहरू घाइते भएका प्रहरीले जनाएको छ।

दुर्घटनामा धनुषाको जनकपुर उपमहानगरपालिका–१५ रामपुर टोलका १३ वर्षीय अनुराग मण्डल गम्भीर घाइते भएका छन्। घाइते सबैलाई तत्काल उद्धार गरी उपचारका लागि फुलकुमारी महतो मेमोरियल अस्पताल, कर्जन्हा पठाइएको छ।

दुर्घटनापछि ट्याक्टर इलाका प्रहरी कार्यालय बन्दीपुरको नियन्त्रणमा रहेको छ। चालक धनुषा जनकपुर उपमहानगरपालिका–१५ रामपुर टोलका करिब ३५ वर्षीय रामबिहारी मण्डल फरार रहेको प्रहरीले जनाएको छ। उनको खोजी भइरहेको छ भने दुर्घटनाबारे थप अनुसन्धान जारी छ।

घाइते हुनेहरूमा अनुराग मण्डल, १३ वर्ष,कृष्णा मण्डल, १७ वर्ष,गंगिया मण्डल, ४० वर्ष ,राहुल दास, १८ वर्ष,प्रिन्स दास, १३ वर्ष,गोपाल यादव, १८ वर्ष, मोना कुमारी मण्डल, ३३ वर्ष,,चन्द्र कुमारी दास, ५० वर्ष, रामदुलारी दास, ६० वर्ष,. राम कुमारी दास, ४४ वर्ष,. पंचा मण्डल, १७ वर्ष,आसिस कुमार यादव, १७ वर्ष, बिकी मण्डल, १२ वर्ष,कृष्णा कुमार यादव, १३ वर्ष, बिना कुमारी मण्डल उनीहरू सबै धनुषाको जनकपुर उपमहानगरपालिका–१२ र १५ का विभिन्न टोलका बासिन्दा रहेको प्रहरीले जनाएको छ।