रसुवा।रसुवाको उत्तरगया गाउँपालिका–१ तिरुमा वर्षासँगै आएको पहिरोले ११ वटा घर तथा गोठमा पूर्ण तथा आंशिक क्षति पुर्याएको छ।
शुक्रबार राति करिब १० बजे काजुलाबाट आएको पहिरोले घर तथा गोठमा क्षति पुर्याएको हो। पहिरोका कारण ६५ जना विस्थापित भएका छन्।
घटनामा कुनै मानवीय क्षति नभएको जनाइएको छ। पहिरोमा परी पशुचौपाया तथा घरगोठमा क्षति हुँदा करिब २९ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।




















