विराटनगर । कोशी ब्यारेजमा पानीको बहाव १ लाख ९७ हजार ६७० क्युसेक पुगेको छ। बुधबार दिउँसो ४ः१५ बजेको मापनअनुसार ब्यारेजमा पानीको बहाव स्थिर रहेको छ।

पानीको सतह खतराको अवस्थामा रहेकाले कोशी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। पानीको बहाव व्यवस्थापनका लागि कोशी ब्यारेजका २५ वटा ढोका खोलिएका छन्।

ब्यारेजमा पानीको बहाव स्थिर रहे पनि सतह खतराको अवस्थामा रहेकाले नदी आसपासका क्षेत्रमा सावधानी अपनाउन आवश्यक देखिएको छ।