सुन्दर हरैंचा मोरङ नगरपालिका वडा नं.८ सलकपुर स्थित भुल्के देवी खेल मैदानमा आज मिति २०८१/०६/१७ गतेबाट प्रथम सलकपुर खुल्ला फुटबल प्रतियोगिता-२०८१ सुरु भएको छ।

भुल्के युवा समाज सुन्दर हरैंचा -८ सलकपुर मोरङको आयोजनामा सुरु भएको उक्त प्रतियोगिता मिति २०८१/०६/२३ गते समापन हुने छ । आयोजक टिम सहित जम्मा ८ ओटा टिमको सहभागिता रहेको सो प्रतियोगितामा विजयी हुने टिमले प्रमाण-पत्र, मेडल, शिल्ड सहित नगद पुरस्कार रू.५०,०००/- तथा उप-विजेताले प्रमाण -पत्र,मेडल,शिल्ड सहित नगद पुरस्कार रु. २५,०००/- प्राप्त गर्ने छन् ।  गोल्डेन स्टार दुहबी र धरान -१३ का बिच   आज भएको उद्घाटन खेलमा १० - ० गोलको फराकिलो अन्तरले गोल्डेन स्टार दुहबी विजयी भएको छ।



फुलु प्रधान