विराटनगर ,एमाले कोशी प्रदेश समितिको साहित्य कला तथा संस्कृति विभागले आयोजना गरेको 'प्रगतिशील सांस्कृतिक रूपान्तरणको प्रश्नमा - दशैं ' कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा विद्वान वक्ताहरू प्रा. डा. गणेश क्षेत्री, प्रा. डा. बद्रीविशाल पोखरेल, डा. नीलमशेखर अधिकारी र इन्दिरा प्रसाईंकाले आ आफ्नो वजनदार टिप्पणी राखेका थिए।
मानव सभ्यताको व्युत्पत्तिदेखि ढुङ्गे युग, कृषि युग हुँदै आजको सभ्य समाजसम्म दशैं कुन रूपमा र कसरी मनाउँदै आइएको छ भन्ने कुराको विश्लेषण भएको थियो
पार्टीहरूले राजनीतिक कुरालाई छोडेर कहिलेकाहीँ यस किसिमका बौद्धिक बहस गर्ने हो भने यसले समाजमा निकै सकारात्मक छाप छोड्न सफल हुनेछ र पार्टीप्रति सर्वसाधारणको लगावमा पनि बढ्ने बताए।
यस्ता बहसले सर्वसाधारण जनताको राजनीतिक पार्टीप्रति आस्था बढ्ने र यसले सामाजका अन्य समसामयिक र जल्दाबल्दा विषयवस्तुलाई पनि उठान गर्ने बताएका छन् ।




















