कवि -:मणि दाहाल
घुम्ने अासनका नवाफ सुकिला दुर्भावनाको गति
सेवा दायकमा पदासिन उनै रातो मसीका पति । कोतर्छन,जनको निर्लज्ज गतिमा साधा बिरालो बनि
नङ्गा हुन् बुझ लौ ति मानवहरू बश्त्रै लगाए पनि ।।
भ्रष्टाचार गरेर सान जनमा जो दिन्छन् मैहूँ भनि
कालो अात्मकथा मेटिन्न कहिलै जस्तै कमाए पनि ।
बस्लान् अारमले असाध्य सुखमा बन्लान् उभोका पति
जस्तै खोल गुतेर सेवक बनुन् नाङ्गै छ तिन्को गति ।।
गुण्डा राज गरेर राज्य तहका संकाय कब्जा गरी
काला कन्तुरको संरक्षक हुदै लिन्छन् फिरौती भरी ।
उल्फाको धनले किनेर अभिमत् पुग्छन् उपल्लो तिर
गुण्डाका हकदार शासकहरू नाङ्गो सधै अाखिर ।।
फैल्याए जसले समाज भरमा मान्छे बिगार्ने जडी
भिर्छन् चाँद तिनैे सुधारक भनी टाटा पखाल्ने गरि ।
जस्तै सेवक हुन् बनेर सुकिला छोपिन्न नाङ्गो दसी
देखिन्छन् हर प्वाल नग्न गतिका बर्को उघारे पछि ।।
बन्छन् साधु सरी झुकेर जनमा लिन्छन् मतादेश पनि्
चड्छन् माथि तला तथापि कहिलै सम्झन्नन् तिन्को अनि फस्छन् लुब्ध हुदै अपाच्य मतिका दुष्कर्मको खेलमा
रातारात धनी बनिन्छन उभै नङ्गा हुदै भेलमा ।।
धेरै छन् जगमा अपाच्य मतिले नङ्गा भएका जन,
कोही बश्त्र भिरेर नग्न बनिए कोही उघारी कन, ।
दुष्कर्मी लतमा फसेर मनुवा नाङ्गो भुतुङ्गो भयो
सारा मूल्यहरू नकाम बनिदै उल्टो घडी भै गयो ।।


















