खोटाङ । खोटाङको रावाबेशी गाउँपालिका-१ कुभिण्डे केन्द्रविन्दु भएर गएराति भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रवक्ता उप-महानिर्देशक मोनिका झाका अनुसार सोमबार राति १०:३२ मिनेटमा ४ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको हो । औपचारिक रुपमा भूकम्पको क्षतिको विवरण नआएको खोटाङका डीएसपी प्रतिक विष्टले बताएका थिए ।
खोटाङ, सोलुखुम्बु, ओखलढुंगा लगायतका आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो । भूकम्पको धक्का महसुस मोरङ मा सहित भएको थियो ।




















