रविलाइ पक्रिन केन्द्रिय कार्यलय पुग्यो प्रहरी ""
- कार्तिक २, २०८१
- २२७ पटक पढिएको
काठमाडौँ । कास्की प्रहरीले पक्राउको अनुमति लिएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरी उनको केन्द्रीय पार्टी कार्यालयमा नै पुगेको छ।
अहिले कार्यालयमा ठूलो भीड लागेको छ। उनीमाथि केही अघि मात्रै सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा कास्की प्रहरीले कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी दिएको थियो।
अदालतको अनुमतिपछि लामिछानेलाई पक्राउ गरी कास्की पठाउन रास्वपाको पार्टी कार्यालयमा प्रहरी परिचालन गरिएको छ।




















