(इरान राई)
लक्ष्मीमार्ग कार्तिक २ आजदेखि गोल्डकप प्रतियोगिता सुरु भएको छ।
उद्घाटन खेल : झापा ११ फुटबल क्लबको आयोजनामा भएको थियो भने अध्यक्षता : विक्रम वान्तावा राई, प्रमुख अतिथि : प्रदेश मा. बज्ञानेन्द्र सुवेदी, उद्घोषण सञ्चालन : जगत् बस्नेत
विशिष्ट अतिथिहरू : डीआईजी चन्द्रकुवेर खापुङ, बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरणप्रसाद ढकाल, एमाले प्रदेश सदस्य प्रकाश राई, करिब आठ लाख मूल्यको २ तोला सुन र अढाई किलो चाँदीजडित गोल्डकप बुवा/पति स्व. एन. बी. रुङमाहाङ राईको स्मृतिमा पत्नी भागिस्वरा राई तथा छोराहरू पोपीराज र ज्योतिराज राई सौजन्यकर्ता लगायत
अतिथि : राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, वडाध्यक्ष, जनप्रतिनिधि, समाजसेवी, उद्योगी-व्यवसायी, फुटबलका अग्रज आदि रहेका थिए।
झापा र कञ्चनजङ्गा फुटबल क्लब, सिलिगुडी, पश्चिम बङ्गाल, भारत
परिणाम : झापा ११ = ५ गोल, कञ्चनजङ्गा = १
म्यान अफ द म्याच : उत्सव राई (जर्सी नं. ६), झापा ११
यो प्रतियोगिताको फाइनल : २०८१/०७/१० गते
सहभागिता : १० टिम (२ टिम पश्चिम बङ्गाल, भारत)
मुख्य प्रायोजक : आरजु राइस मिल, बेलबारी नपा-०९
मुख्य सहयोगी : बेलबारी नगरपालिका
सहप्रायोजक : टुबोर्ग बियर, वाई वाई चाउचाउ र रेड बुल
विजेता पुरस्कार : रु. ८ लाख ।
उपविजेता पुरस्कार : रु. ४ लाख रहेको छ ।




















