(रमेन्द्र कोइराला इनरुवा )
कंचनपुर सप्तरीमा ०८१/७/३ गते लघुकथा प्रतिष्ठानको तेस्रो वार्षिकोत्सब कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। कार्यक्रममा खेमराज पोख्रेलको एकालाप लघुकथा सङ्ग्रह को समिक्षा र रचना वाचन भएको थियो । समिक्षा गर्नेमा रमेन्द्र कोइराला सुनसरी, निरज कोइराला सुनसरी ,पुन्य कार्की उदयपुर र ललिता झा सप्तरी रहनु भएको थियो । रचना वाचन गर्नेहरूमा रोशन पराजुली र शुक्रराज कुँवर धरान अनुविज्ञति ,सीता रेग्मी,शारदाहाल भण्डारी, शारदा सुवेदी, उमा सिजापती,बेलबारी, गोपाल संग्रौला झापा आदिको उपस्थित रहेको थियो । लघुकथा प्रतिष्ठानको तर्फबाट मनोहर पोखरेल ,नन्दलाल आचार्य ,पूजन न्यौपाने रहेका थिए। कार्यक्रमको सभापति बुढौली साहित्य समाज सप्तरीका अध्यक्षको रहेको थियो। प्रमुख अतिथि सप्तरी शिक्षा समन्वय इकाईका प्रमुख थिए। भने विशिष्ट अतिथिहरूमा खेमराज पोखरेल ,गोपाल संग्रौला आदिको रहेको थियो। कार्यक्रमको आयोजना लघुकथा प्रतिष्ठान र बुढ्यौली साहित्य समाज सप्तरीले गरेको थियो। लगभग पाँच दर्जन साहित्यकारहरूको उपस्थिति रहेको थियो।




















