विराटनगर,महानगरपालिका ६ बरमपुराका स्थानीयवासिले सडकमा बाँस तेर्साएर आवत जावतमा अवरोध पुर्याएका छन्।

सुनसरी मोरङ जोडिने हुलाकी मार्गमा बरमपुरा केशलिया रोड लामोसमयदेखी बन्न नसकेको हुँदा धेरै सवारी साधन दुर्घटना बढेपछि आइतबार बिहानदेखी स्थानीयवासीले अवरोध जनाएका हुन् ।

धुदुवा खोलाको पुलमाथी बाँस तेर्साएर बाटो नबनेको भन्दै विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला ६र११का वडा अध्यक्ष मास्थी नाराबाजी गर्दै आक्रोश पोखेका थिए।

स्थानीयवासी समक्ष पुगेका मेयर नागेश कोइरालाको छलफल पछि स्थानीयले अवरोध बाटो खुलाएका छन्।