पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई अदालतमा उपस्थित गराइएको छ ।
उनलाई लेकसाइडबाट घुमाएर अदालतमा पुर्याइएको हो । सिधा बाटोमा अबरोध हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै रविलाई अर्को बाटो प्रयोग गरेर अदालत लगिएको छ ।
दिउँसो ३ बजे अदालत ल्याउने भनिए पनि प्रहरीले दिउँसो १ः३० बजे नै अदालतमा लगिएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापतिसमेत रहेका लामिछाने पक्राउ परेसँगै रास्वपाले देशभरबाट कार्यकर्ता उतारेर पोखरामा विरोध प्रदर्शन सम्म गरेका थिए।
पोखराको शहीदचोकमा प्रदर्शन गरेको छ । प्रदर्शनमा रास्वपाका केन्द्रीय नेताहरुको समेत सहभागिता रहेको थियो ।




















