विराटनगर। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई अदालतले न्याय दिने बिश्वास बताएका छन् । सहकारी ठगीमा अनुसन्धानका लागि हिरासतमा राख्ने म्याद थपका लागि आइतबार प्रहरीले जिल्ला अदालत लगेलगत्तै  पत्रकारहरुसँगको छोटो कुराकारी गर्दै न्यायलयले आफूलाई न्याय दिन्छ भन्ने कुरामा विश्वस्त रहेको प्रतिक्रिया दिएका थिए ।

अदालतले मलाई न्याय दिन्छ, मलाई न्यायालयप्रति एकदमै धेरै विश्वास लाग्छ । तर केपी ओलीको सरकार रहिरहने हो भने जनताले  दुख देखि केही पाउँदैनन् । यो सरकार रहँदासम्म झुटा मुद्दामा सोझा सिधालाइ फसाउने काममात्र हुनेछ ’, उनले बताए ।

आफू अदालतको विश्वास गरेर न्याय प्रक्रियामा सघाउन रहने लामिछानेको ठहर छ । उनले सरकारविरुद्ध देशभरबाट सडकमा उत्रिन पनि पार्टी कार्यकर्तालाई आह्वान गरिरहेका छन् ।