विराटनगर-१०, ब्रह्मकुमारी मार्ग जहदा बस्ने तारानाथ पोखरेलले आफ्ना मातापिताको स्मृतिमा छमनादेवी-रामप्रसाद पोखरेल स्मृति पुरस्कारको स्थापना गरेका छन् । नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेशको व्यवस्थापनमा अक्षयकोषबाट प्राप्त ब्याज रकमबाट वर्षेनी रु. १०,०००/- (दसहजार) को पुरस्कार समर्पण गरिनेछ । यो पुरस्कार नेपाली भाषा, साहित्य, कला र संस्कृति तथा समाजसेवाको क्षेत्रमा महत्वपूर्ण सेवा गर्ने स्रष्टाहरूमध्ये योगदानका आधारमा छनोट गरी एक जनालाई प्रमाणपत्र सहित प्रदान गरिनेछ । नेपाल मुक्तक प्रतिष्ठानको व्यवस्थापनमा समर्पण गरिने यो समेत जम्मा चारवटा पुरस्कारहरू हुन पुगे । यस अघि घोषणा गरिएका नन्दकुमारी पोखरेल स्मृति साहित्य पुरस्कार, नन्दलाल दाहाल स्मृति साहित्य पुरस्कार र माधव- नर्मदा पोखरेल स्मृति साहित्य पुरस्कार सॅगै माघ महिनामा यो पुरस्कार पनि समर्पण गरिने कुरा नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेशका अध्यक्ष बाबुराम पोखरेलले बताए । यी पुरस्कारहरूबाट साहित्य, कला, संस्कृति तथा समाजसेवाका क्षेत्रमा काम गर्ने व्यक्तिहरूमा हौसला अभिबृद्धि हुनेछ भन्ने विश्वास लिइएको छ।



















