विराटनगर । विराटनगर महानगरपालिका–१५ रानीस्थित मलाया रोड क्षेत्रमा एक पुरुष बेवारिसे अवस्थामा फेला परेका छन्।

प्रारम्भिक जानकारीअनुसार फेला परेका व्यक्तिको नाम नागेन्द्र चौहान रहेको खुलेको छ। उनी स्थायी रूपमा विराटनगर–१८ झटियाहीका बासिन्दा हुन्। हाल भने विराटनगर–१५ हरिनगर भट्टास्थित एक व्यक्तिको घरमा बस्दै आएका थिए।

घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनासम्बन्धी आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। घटनाको थप विवरण आउन बाँकी रहेको छ।भने अन्य तथ्यहरू संकलन गर्ने कार्य जारी रहेको प्रहरीले जनाएको छ।