विराटनगर।पश्चिमी वायु र न्यूनचापीय प्रणालीको प्रभावका कारण कोशी प्रदेशसहित देशका विभिन्न भूभागमा शनिबार वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागले कोशीका पहाडी, हिमाली तथा तराई क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुन सक्ने जनाएको छ ।
केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
देशका अन्य प्रदेशमध्ये लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा मध्यम वर्षाको सम्भावना छ । वाग्मती र गण्डकी प्रदेशका उच्च भूभागमा समेत वर्षा तथा हिमपात हुन सक्ने मौसमविद्ले बताएका छन् ।



















