काठमाडौं । नेपाल–भारत सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्तिपछि प्रतिनिधिसभामा विवाद उत्पन्न भएको छ।

आइतबार सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको केही भूमि मिचेको विषय आफू मन्त्री भएपछि थाहा पाएको टिप्पणी गरेका थिए। तर, उनले त्यसको कुनै तथ्य वा प्रमाण प्रस्तुत नगरेपछि विभिन्न दलका सांसदहरूले आधार माग गरेका छन्।

नेपाली कांग्रेसकी सचेतक बासना थापाले अभिव्यक्तिको पुष्टि गर्न वा संसद्को अभिलेखबाट हटाउन माग गरिन्। नेकपाका सांसद रमेश मल्लले पनि राष्ट्रिय हितसँग जोडिएको विषयमा स्पष्ट तथ्य सार्वजनिक गर्न सरकारसँग आग्रह गरे।

प्रधानमन्त्री शाहले भने नेपाल–भारत सीमा सम्बन्धी विषय संवाद र आपसी समझदारीमार्फत समाधान गर्नुपर्ने धारणा राखेका छन्।