भीडभाडको यो आज चकमन्न  घर भो

यो जुनि बाच्ने हरपल अतीतको भर भो ।


संझनाले उडाउँछ यो मन त्यसै भाँडिन्छ

आफैलाई  बिर्सन्छु कि भन्ने पो डर भो ।


बोल्दैन तस्विर तिम्रो भित्र बल्झाउँछौ

दिलको आगोलाई आँसु झन खर भो 


कहाँ कसरी भन्नु खै मुटुभित्रका ताप

पिल्सिएर बोल्छु बाकि जीवन जहर भो ।


लक्ष्मी पोखरेल